काठमाडौं – आज नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ४०० रुपैयाँले बढेको छ।
योसँगै प्रतितोला सुन २ लाख ९६ हजार १०० रुपैयाँ पुगेको छ। हिजो सन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि तोलामा १३५ रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ८१० रुपैयाँमा किनबेच भएको थियो।



About Us
प्रतिक्रिया