काठमाडौं – आज शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.७३ अंकले घटेर बजार २७ सय ३८ दशमलव ७२ को बिन्दुमा बन्द भएको छ। यससँगै आज ४ अर्ब ९१ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
कारोबारमा आएका ३४६ कम्पनीमा ९८ कम्पनीको शेयर मूल्य बढेको छ भने १६१ कम्पनीको शेयर मूल्य घटेसँगै १० कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।
आज दिनभरिमा १ करोड ९ लाख ७७ हजार कित्ता शेयर किनबेच भएको छ। त्यस्तै, आज सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज सो कम्पनीको २६ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, आँखु खोला जलविद्युतको २१ करोड रुपैयाँको शेयर कारोबार भएको छ।
आज सबैभन्दा बढी श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १२.५७ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, आज सबैभन्दा बढी कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानिकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानिकर्ताले आज १०.३८ प्रतिशतका दरले गुमाएका हुन्।



About Us
प्रतिक्रिया