नेरुडे र्मिमिरे लघुवित्तको १ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा


काठमाडौं – नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले ३ संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ५ हजार ८ सय ७ कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थाले सो शेयर विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी बिक्रीमा राखेको छ। उक्त शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र संस्थाको कर्पाेरेट कार्यालय मध्यपुर थिमी भक्तपुरमा लिखित आवेदन दिन सक्नेछन्।