काठमाडौं – नेपाली बजारमा आज सुन चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले घटेको हो।
योसँगै आज सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
आज घटेको सुनको मूल्य मंगलबार र बुधबार पनि ३/३ हजार रुपैयाँले घटेको थियो। आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ११५ रुपैयाँले घटेको छ।
यससँगै आज चाँदी ४ हजार ८१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियो।



About Us
प्रतिक्रिया