प्रि ओपन सेसनमा ४.३९ अंकले घट्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.३९ अंकले घटेर बन्द भएको छ। यस सेसनमा २२ लाख ६८ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, २ हजार ४ सय ४२ कित्ता शेयर किनबेच भएको छ।

यससँगै कारोबारमा आएका ५० कम्पनीमा १४ कम्पनीको शेयर मूल्य बढेको छ भने २८ कम्पनीको शेयर मूल्य घटेको छ। त्यस्तै, ६ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।