काठमाडौं – शिखर पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्य कारोबारमा आएदेखि पहिलो पटक घटेर बन्द भएको छ। सो कम्पनीको शेयर मूल्य आज १२ औँ कारोबारपछि पहिलो पटक घटेर बन्द भएको हो।
आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८१ अंकले घट्दा सो कम्पनीको शेयर मूल्य समेत ९.९२ प्रतिशतले घटेको छ। यससँगै कम्पनीको शेयर मूल्य प्रतिकित्ता ९ सय २ रुपैयाँ ६० पैसामा कायम भएको छ।
यससँगै आज १० प्रतिशत केबीएल डिबेन्चर २०९० को शेयर मूल्य ११.४६ प्रतिशतले घटेको छ। त्यस्तै, पाल्पा सिमेन्टको ७.७९ प्रतिशत, त्रिशूली जलविद्युतको ६.९८ प्रतिशत र झापाइनर्जीको शेयर मूल्य ५.८३ प्रतिशतले घटेको छ।



About Us
प्रतिक्रिया