नेप्सेमा २५.८१ अंकको गिरावट, खुम्चियो कारोबार रकम


काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) २५.८१ अंकले घटेर बजार २७ सय ४४ दशमलव ४५ को बिन्दुमा बन्द भएको छ। यससँगै आज कारोबार रकम समेत घटेर ४ अर्ब ९८ करोड रुपैयाँको शेयर कारोबार भएको छ।

कारोबारमा आएका ३५१ कम्पनीमा ३० कम्पनीको शेयर मूल्य बढेको छ भने २३५ कम्पनीको शेयर मूल्य घटेसँगै ४ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।

आज दिनभरिमा १ करोड २१ लाख ३४ हजार कित्ता शेयर किनबेच भएको छ। त्यस्तै, आज सबैभन्दा धेरै रिलायन्स स्पिनिङ मिल्सको शेयर कारोबार भएको छ। आज सो कम्पनीको २४ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, पाल्पा सिमेन्टको २० करोड २२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज सबैभन्दा बढी कर्पाेरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले १३.४१ प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, नेपाल लाइफ समृद्धि लगानी योजनाका लगानीकर्ताले ३.८७ प्रतिशतका दरले कमाएका छन्। यससँगै आज सबैभन्दा बढी १० प्रतिशत केबीएल डिबेन्चर २०९० का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ११.४६ प्रतिशतका दरले गुमाएका छन्।