नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष पौडेलले दिए राजीनामा


काठमाडौं – नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र कुमार पौडेलले राजीनामा दिएका छन्। पौडेलले गत चैत २० गतेदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन्। 

उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको कम्पनीले जनाएको छ।