प्रि ओपन सेसनमा ०.९८ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.९८ अंकले बढेर बन्द भएको छ। यस सेसनमा ६१ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, ४ हजार ५ सय २५ कित्ता शेयर किनबेच भएको छ।

यससँगै कारोबारमा आएका ४० कम्पनीमा १७ कम्पनीको शेयर मूल्य बढेको छ भने २१ कम्पनीको शेयर मूल्य घटेको छ।