नेप्सेका अध्यक्ष हेमन्त बस्यालले दिए राजीनामा


काठमाडौं –  नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अध्यक्ष हेमन्त बस्यालले राजीनामा दिएका छन्। उनले सोमबार अर्थ मन्त्रालयमा राजीनामा बुझाएका हुन्। उनले सरकारले विगतमा राजनीतिक नियुक्त भएका विभिन्न निकायका उच्च पदाधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न गरेको आग्रह स्विकार्दै आफूले राजीनामा दिएकाे बैंकिङ्ग समाचारलाई बताए।

राजीनामाको विषयमा अध्यक्ष बस्यालले बैंकिङ्ग समाचारसँग भने,’राजनीतिक नियुक्तिकर्ताहरूले मार्ग प्रशस्त गर्नु भनेर वर्तमान सरकारले भनिसकेकाे छ। म त व्यावसायिक मान्छे हो र मेरो व्यवसायी आचरण हुनुपर्छ व्यावसायिक हिसाबले मैले सो पदबाट राजीनामा दिएको हुँ।’

४ वर्षे कार्यकालका लागि नियुक्त भएका बस्यालले ८ महिना नबित्दै सो पदबाट राजीनामा दिएका छन्। उनी सो पदमा गत भदौ २० गते नियुक्त भएको थिए।