काठमाडौं – एनएमबि बैंक लिमिटेडको नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफामा सुधार आएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ अर्ब ६८ करोड ७७ लाख खुद नाफा कमाएको छ। गत वर्षको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ३७ करोड ३२ लाख खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत वर्षको चैतसम्म ६ अर्ब ४९ करोड २ लाख खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष चैतमा ७ अर्ब ३७ करोड ८० लाख पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब १२ करोड ८१ लाख पुगेको छ। बैंकको सञ्चालन मुनाफा पनि ४ अर्ब २७ करोड २४ लाख कायम भएको छ।
चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ९२ करोड ८९ लाख रुपैयाँ छ। बैंकको प्रतिशेयर आम्दानी १७.९५ रुपैयाँ कायम भएको छ । यता बैंकको खराब कर्जा बढेको छ । हाल बैंकको खराब कर्जा ४.९५ प्रतिशत पुगेको छ।
हाल बैंकको चुक्ता पूँजी २२ अर्ब २८ करोड ५० लाख रहेको छ भने बैंकको जगेडा कोषमा १३ अर्ब ६८ करोड ७३ लाख सञ्चित रहेको छ।



About Us
प्रतिक्रिया