काठमाडौं – नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा १ अर्ब ४६ करोड नाफा आर्जन गरेको छ । बैंकले चैतसम्ममा १ अर्ब ४६ करोड १७ लाख नाफा आर्जन गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब २० करोड ३२ लाख नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको ९ महिनामा ३ अर्ब ५३ करोड ४९ लाख खुद ब्याज आम्दानी गरेको बैंकले चालु वर्षको चैतसम्म ३ अर्ब ८६ करोड ९४ लाख ब्याज आम्दानी गरेको छ । बैंकको सञ्चालन नाफा बढेर २ अर्ब ८ करोड ५३ लाख पुगेको छ ।
चैतसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २ करोड ६२ लाख रहेको छ । हाल बैंकको चुक्तापुँजी ११ अर्ब ३३ करोड ५१ लाख रहेको छ भने बैंकको जगेडा कोषमा ९ अर्ब १२ करोड सञ्चित छ ।
बैंकको खराब कर्जा २.५३ प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी समेत १७.१९ रुपैयाँ पुगेको छ ।



About Us
प्रतिक्रिया