काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको नाफामा सुधार देखिएको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २ अर्ब बढी नाफा कमाएको छ । तेस्रो त्रैमास चैतसम्ममा बैंकले २ अर्ब ७६ करोड २० लाख नाफा कमाएको हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब २० करोड ४३ लाख आर्जन गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी बढ्दा नाफा बढेको हो । बैंकको ब्याज आम्दानी ७ अर्बबाट बढेर ८ अर्ब ७० करोड पुगेको हो । त्यस्तै, बैंकको खुद आम्दानी १ अर्ब ६६ करोड रहेको छ ।
त्यस्तै, बैंकको खराब कर्जा घटेको छ । खराब कर्जा ४.४८ मा रहेको छ । चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ३१ करोड ६१ लाख ५७ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ३.८० रुपैयाँ रहेको छ ।



About Us
प्रतिक्रिया