काठमाडौं – सानिमा बैंकले क्रेडिट कार्ड प्रयोगकर्ताका लागि सहज र आकर्षक शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा प्रधान गर्ने उद्देश्यले फिनतारा सोलुसन्स प्रालिसाग सहकार्य गरेको छ।
सहकार्यअन्तर्गत बैंकका ग्राहकले फिन्तारासाग आबद्व मर्चेन्ट स्टोरमा सानिमा बैंकको क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा आधिकतम १२ महिनासम्म शून्य प्रतिशत ब्याजमा ईएमआई सुविधा उपभोग गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यो सुविधा इलेक्ट्रोनिक्स, मोबाइल सेट, ल्यपटप, फर्निचर, माउन्टेन बाइक, घरेलु उपकरण आदि खरिद गर्दा उपभोग गर्न सकिनेछ। यस पहलले उच्च मूल्यका सामग्रीलाई थप सहज र पहुाचयोग्य बनाउदै ग्राहकलाई बिना ब्याज किस्ताबन्दीमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्ने बैंकको दाबी छ।
सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १ सय ३४ शाखा कार्यालय तथा १ सय २७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको बताएको छ।



About Us
प्रतिक्रिया