काठमाडौं – माछापुच्छ्रे बैंक चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १ अर्ब बढी नाफा आर्जन गरेको छ । बैंकले वित्तीय विवरण सार्वजनिक गर्दै चैतसम्ममा १ अर्ब ६५ करोड ८६ लाख खुद नाफा आर्जन गरेको उल्लेख गरेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । गत आर्थिक वर्षको चैतसम्म ४ अर्ब २५ करोड ब्याज आम्दानी गरेको बैंकले यस वर्ष चैतसम्म ४ अर्ब ३९ करोड ८३ लाख खुद ब्याज आम्दानी गरेको हो ।
बैंकको कुल सञ्चालन आम्दानी पनि बढेको छ । बैंकले चैतसम्म ६ अर्ब ९ करोड ३० लाख २१ हजार सञ्चालन मुनाफा गरेको छ ।
हाल बैंकको चुक्तापुँजी १५ अर्ब ८ करोड रहेको छ भने जगेडा कोषमा ८ अर्ब २२ करोड सञ्चित छ। नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ३० पैसा पुगेको छ।



About Us
प्रतिक्रिया