काठमाडौं – एनआईसी एशिया बैंकको नाफामा गिरावट देखिएको छ । बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा १४ करोड ३ लाख २४ हजार नाफा आर्जन गरेको हो । गत वर्षको सोही अवधिमा बैंकले १५ करोड ६७ लाख ७५ हजार खुद नाफा आर्जन गरेको थियो ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानीपनि घटेको छ । बैंकको ब्याज आम्दानी घट्दा नाफा घटेको हो । बैंकले चैतसम्म ६ अर्ब ३० करोड ८२ लाख ५१ हजार ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ अर्ब ९६ करोड २५ लाख १९ हजार ब्याज आम्दानी गरेको थियो ।
चैतसम्ममा बैंकको वितरणयोग्य नाफा १३ अर्ब ६५ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको खराब कर्जा पनि बढेको छ । गत वर्षको चैतसम्ममा ५.७५ प्रतिशत रहेको खराब कर्जा हाल बढेर ८.८५ प्रतिशतमा पुगेको छ ।
बैंकको नाफा बढेसँगै प्रतिशेयर आम्दानी १.२७ रुपैयाँ छ ।



About Us
प्रतिक्रिया