काठमाडौं – हिमालयन बैंकले चालु आर्थिक वर्षको ९ महिनामा ७६ करोड नाफा आर्जन गरेको छ । बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनि गर्दै ७६ करोड २५ लाख खुद नाफा आर्जन गरेको उल्लेख गरेको हो । गत आर्थिक वर्षको यही अवधिमा बैंकले ५० करोड खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी घट्दा पनि नाफा बढेको हो । बैंकले गत वर्षको चैतसम्म ७ अर्ब ७५ करोड २४ लाख खुद ब्याज आम्दानी गरेकोमा यस वर्ष चैतमा ६ अर्ब ८३ करोड २१ लाख आर्जन गरेको छ । बैंकको कुल सञ्चालन आम्दानी पनि घटेको छ । गत वर्षको चैतमा ९ अर्ब १० करोड ९५ लाख कुल सञ्चालन आम्दानी गरेको बैंकले यस वर्ष चैतमा ८ अर्ब ३२ करोड ८८ लाख सञ्चालन आम्दानी गरेको हो ।
गत चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा १० अर्ब ४६ करोड ७९ लाख ऋणात्मक भएको छ। बैंकको प्रतिशेयर आम्दानी ४.५० प्रतिशत पुगेको छ । बैंकको खराब कर्जा बढेर ७.९८ प्रतिशत पुगेको छ।
हाल बैंकको चुक्तापुँजी २२ अर्ब ५८ करोड १६ लाख रहेकोमा जगेडा कोषमा २६ अर्ब १९ करोड १२ लाख सञ्चित रहेको छ।



About Us
प्रतिक्रिया