प्राइम कमर्सियल बैंकको नाफा बढ्यो, कुन सूचक कस्ता ?


काठमाडौं – प्राइम कमर्सियल बैंकको नाफा बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणअनुसार नाफामा सुधार देखिएको हो । गत आर्थिक वर्षको चैतसम्म २ अर्ब २२ करोड ९३ लाख खुद नाफा कमाएको बैंकले ३ अर्ब ८ करोड ९३ लाख खुद नाफा कमाएको छ।

बैंकको खुद ब्याज आम्दानीमा पनि सुधार आएको छ । बैंकले चैतसम्म ६ अर्ब ८४ करोड १२ लाख ब्याज आम्दानी गरेको छ । गत वर्षको चैतसम्म बैंकले ६ अर्ब ६६ करोड १३ लाख २।७ब्याज आम्दानी गरेको थियो । हाल बैंकले ८ अर्ब ९० करोड ५५ लाख कुल सञ्चालन आम्दानी गरेको छ ।

खुद नाफासँगै सञ्चालन मुनाफा पनि बढेको छ । हाल बैंकको सञ्चालन मुनाफा ४ अर्ब ८९ करोड ३९ लाख पुगेको छ। चैतसम्म बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ३० लाख रहेको छ। प्रतिशेयर आम्दानी १९.६६ रुपैयाँ पुगेको छ । हाल बैंकको खराब कर्जा ६.३९ प्रतिशत रहेको छ ।

हाल बैंकको चुक्तापुँजी २० अर्ब ९५ करोड रहेको छ भने जगेडा कोषमा १४ अर्ब १६ करोड सञ्चित रहेको छ।