काठमाडौं – ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ अर्ब बढी नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो ९ महिना चैतसम्म बैंकले ४ अर्ब ४० करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्षको तुलनामा यो नाफा कम हो । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिसम्म ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
बैंकको ब्याज आम्दानी घट्दा नाफा प्रभावित बनेको हो । गत वर्षको तेस्रो त्रैमाससम्म १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले यस वर्ष ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ मात्रै ब्याज आम्दानी गरेको छ । हाल बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ भने चैतसम्म बैंकको सञ्चालन मुनाफा घटेर ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँ कायम भएको छ।
हाल बैंकको चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा २६ अर्ब ९२ करोड ५८ लाख रहेको छ । बैंकको खराब कर्जा अनुपातमा भने सुधार देखिएको छ । बैंकको खराब कर्जा घटेर ०.६९ प्रतिशतमा झरेको छ। बैंकको वार्षिकीकृत प्रतिशेयर आम्दानी १५.४० रुपैयाँ कायम भएको छ।



About Us
प्रतिक्रिया