काठमाडौं – नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घ रावलले मौद्रिक नीतिको अपरेटिङ फ्रेमवर्कमा धेरै सुधार भएको उल्लेख गरेका छन्। राष्ट्र बैंकको ७१ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले मौद्रिक नीति कार्यान्वयनमा नयाँ उपकरणहरुको प्रयोग भएको बताएका हुन्।
वित्तीय क्षेत्रतर्फ शेयर कर्जा, घरजग्गा कर्जा, चालुपुँजी कर्जा, परियोजना कर्जा लगायतका क्षेत्रमा नीतिगत स्पष्टता र सुधारका काम भएको बताए। उनले वासेल मापदण्ड जस्ता अन्तर्राष्ट्रिय अभ्यासहरु, ग्रिन फाइनान्स ट्याक्सोनोमी निर्माण लगायत सुपरभाइजर इन्भरमेसन सिस्टमको विकास भएको उल्लेख गरे। उनकाअनुसार कारोबारहरु डिजिटाइजेशनतर्फ उन्मुख भएका छन् भने कागजबाट चेक क्लियरिङ हुँदै आएकोमा अहिले कागजरहित चेक क्लियरिङ हुने गरेको उल्लेख गरे।
भुक्तानी प्रणालीको आधुनिकीकरण तथा एएमएल सिएफटि सम्बन्धि व्यवस्थाहरुको सुदृढिकरण हुँदै गएको भन्दै कार्यकारी निर्देशक रावलले भुक्तानी तथा सेटलमेन्ट प्रणालीलाई प्रभावकारि बनाउनेतर्फ काम भइरहेको बताए। उनले एआई प्रयोगलाई जोड दिनुपर्ने उल्लेख गरे।
रावलले वित्तीय क्षेत्रका नियामक निकाय, बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक स्थायित्व कायम राख्न महत्वपूर्ण भूमिका खेलेको बताए। संस्थागत सफलता वास्तवमा सामूहिक प्रयास, समन्वय र सहकार्यको परिणाम हो भन्ने विषय हामी सबैले अनुभव गरेका छौं’ उनले भने, ‘आधुनिक केन्द्रीय बैंकको अवधारण तथा यसको सञ्चालन स्वायत्तताको सम्मान गर्दै आएकोमा नेपाल सरकार प्रति पनि हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौं।’



About Us
प्रतिक्रिया