राष्ट्र बैंकद्वारा पूर्व गभर्नर युवराज खतिवडा सम्मानित 


काठमाडौं – नेपाल राष्ट्र बैंकले पूर्व गभर्नर युवराज खतिवडालाई सम्मान गरेको छ। राष्ट्र बैंकले ७१ औँ वार्षिकोत्सवको अवसरमा पूर्व गभर्नर खतिवडालाई सम्मान गरेको हो। 

अर्थतन्त्र, मौद्रिक नीतिमा योगदान गरेको भन्दै केन्द्रीय बैंकले उनलाई सम्मान गरेको हो। खतिवडा राष्ट्र बैंकका १५ औँ गभर्नर हुन्। राष्ट्र बैंकले हरेक वार्षिकोत्सवको अवसरमा एक जना पूर्व गभर्नरलाई सम्मान गर्दै आएको छ।