दुई दिनमा ४ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?

‘सुन १७ सय र चाँदी ५० रुपैयाँले बढ्यो’


काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुन चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले बढेको हो।

योसँगै आज सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा ५० रुपैयाँले बढेको छ। यससँगै आज चाँदी ५ हजार ४५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलाको ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो।