स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले संस्थापक शेयरधनी गोविन्द पन्तको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो। 

संस्थाले विद्यमान संस्थापक शेयरधनीले खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरिद गर्न इच्छुक संस्थाका विद्यमान संस्थापक शेयरधनीले यो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

इच्छुकले आवश्यक कागजात संलग्न गरी संस्थाको केन्द्रिय कार्यालय बनेपा–५ काभ्रेपलान्चोकस्थित प्रशासन विभागमा आवेदन दिन सक्नेछन्।