काठमाडौं – उद्योगपति तथा नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) बोर्ड सदस्य शेखर गोल्छा पक्राउ परेपछि नाइमाले ध्यानआकर्षण जनाएको छ । पक्रउा गर्नुखघि सम्बन्धित व्यक्तिलाई आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनु पर्ने नाइमाले जनाएको हो ।
प्रक्रियागत स्पष्टता, सन्तुलन तथा उचित विवेक अपनाइनुले समग्र प्रणालीप्रतिको विश्वास सुदृढ बनाउन सहयोग पुर्याउने नाइमाले जनाएको छ । उद्योग तथा व्यवसाय क्षेत्रले मुलुकको अर्थतन्त्र, रोजगारी सिर्जना, राजस्व संकलन तथा समग्र आर्थिक गतिविधिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएको छ । यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्ने, विश्वासको वातावरण सुदृढ गर्ने तथा उद्यमशीलताको निरन्तरता कायम राख्ने दिशामा राज्यले निजी क्षेत्रको योगदानलाई उचित रूपमा स्वीकार गरी सोहीअनुसार व्यवहार र नीतिगत सन्देश दिनु आवश्यक हुने बताएको छ ।
नाइमा विधिको शासन, पारदर्शिता तथा निष्पक्षताको पक्षमा दृढ रहेको संस्था हो । कुनै पनि विषयमा तथ्यका आधारमा निष्पक्ष ढंगले अनुसन्धान हुनु र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनु पर्नेमा संस्था अडिग रहेको भन्दै पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि निष्कर्षमा पुग्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वासमा असर पर्न सक्ने उल्लेख गरेको छ ।



About Us
प्रतिक्रिया