जीवन विकास लघुवित्तको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – जीवन विकास लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। संस्थाले निरज पोख्रलको नाममा रहेको १ हजार ४ सय कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थाले यसअघि सो शेयर संस्थाका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्ने गरी बिक्रीमा राखेको थियो सो शेयरमा विद्यमान संस्थापक शेयरधनीको आवेदन नपरेपछि सो शेयर सर्वसाधारमा बिक्री खुला गरेको संस्थाले जनाएको छ।

उक्त शेयर खरिद गर्न इच्छुक जो कोहीले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिन सक्नेछन्। इच्छुकले ७ दिनभित्र संस्थाको केन्द्रिय कार्यालय कटहरी–२ मोरङ्गमा आवेदन दिन सक्नेछन्।