सुकुम्वासी बस्ती व्यवस्थापनमा सहयोग गर्न प्रहरीको अपिल


काठमाडौं – सुकुम्वासी तथा भूमिहीन नागरिकहरूको हितका लागि नेपाल सरकारले अघि बढाएको व्यवस्थापन अभियानमा अवरोध सिर्जना गर्ने गतिविधि बढ्दै गएसँगै प्रहरीले सुकुम्वासी तथा भूमिहीन नागरिकलाई सहयोग गर्न आग्रह गरेको छ।

प्रहरीका अनुसार केही स्वार्थी व्यक्तिहरूले वास्तविक सुकुम्वासीहरूको नाम र अधिकार दुरुपयोग गर्दै अनुचित लाभ लिन खोजेका घटनाहरू सार्वजनिक भएका छन्। यसले वास्तविक पीडितहरू राज्यबाट प्राप्त हुने सेवा–सुविधाबाट वञ्चित हुने अवस्था सिर्जना प्रहरीले जनाएको छ। यस्ता कार्यले वास्तविक सुकुम्वासीहरू अवसरबाट वञ्चित हुनुका साथै राज्यका सेवा सुविधाबाट समेत टाढा पर्ने जोखिम बढेको बताइएको छ। 

प्रहरीले यस्ता नक्कली सुकुम्वासीहरूको पहिचान गरी समयमै सम्बन्धित निकायलाई सूचना दिन सबैलाई अनुरोध गरेको छ। साथै, वास्तविक सुकुम्वासीहरूलाई एकजुट भई व्यवस्थापन कार्यमा सहयोग गर्न आह्वान गरिएको छ। नागरिकको सानो सहयोगले मात्र वास्तविक पीडितहरूको अधिकार सुरक्षित हुने र दीर्घकालीन समाधान सम्भव हुने विश्वास व्यक्त प्रहरीले गरेको छ।