नेप्सेमा झिनो अंकको सुधार, कारोबार रकम ५ अर्ब आसपास


काठमाडौं – आज शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.६५ अंकले बढेर बजार २७ सय ८८ दशमलव ७० को बिन्दुमा झरेको छ। यससँगै आज कारोबार आएको ३५१ कम्पनीमा ८७ कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ कम्पनीको शेयर मूल्य घटेसँगै १४ कम्पनीको शेयर मूल्य बढेको छ।

आज दिनभरिमा १ करोड २१ लाख ७४ हजार कित्ता शेयर किनबेच हुँदा ५ अर्ब २७ करोड रुपैयाँको शेयर कारोबार भएको छ। आज सबैभन्दा धेरै रिडि पावरको शेयर कारोबार भएको छ। आज सो कम्पनीको २७ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ९२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज सबैभन्दा धेरै पाल्पा सिमेन्ट, शिखर पावर र माईखोला हाड्रोपावरका लगानीकर्ताले कमाएका छन्। आज यी तीन कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। यससँगै आज सबैभन्दा बढी १० प्रतिशत प्राइम डिबेन्चर २०८८ का लगानीकर्ताले गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ४.५९ प्रतिशतका दरले गुमाएका हुन्।