नेप्सेकाे वेबसाइटमा समस्या


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) को वेबसाइटमा समस्या देखिएको छ। वेबसाइट खुल्दै बन्द हुँदै गर्दा समस्या देखिएको हो। आज शुक्रबार प्रि ओपन सेसनदेखि नै नेप्सेको सिस्टममा समस्या देखिएको हो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार वेभसाइटकाे मर्मत भइरहेको छ। उनले भने,’ हाल मर्मत भइरहेको छ, छिट्टै समस्या समाधान हुनेछ। वेभसाइटमा समस्या देखिए पनि शेयर कारोबार भने नियमित रूपमै भइरहेको छ।’