काठमाडौं – यो साताको पहिलो कारोबारको दिन आइतबार नेपालीमा बजारमा सुनको मूल्य १ हजार २ सय रुपैयाँले बढ्दै ३ लाख १ हजार रुपैयाँमा कारोबार भयो। आइतबार बढेको सुनको मूल्य सोमबार १ हजार ३ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ९९ हजार ७ सय रुपैयाँमा किनबेच भयो।
यस्तै, मंगलबार सुनको मूल्य १ हजार ६ सय रुपैयाँले बढ्दै ३ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भयो। मंगलबार बढेको सुनको मूल्य बुधबार घट्यो। त्यसदिन ८ सय रुपैयाँले प्रतितोला घटेको सुन ३ लाख ५ सय रुपैयाँमा कारोबार भयो। बिहीबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँले घट्दै २ लाख ९८ हजार ७ सय रुपैयाँमा किनबेच ओर्लियो।
बिहीबार घटेको सुनको मूल्य शुक्रबार पनि तोलामा २२ सय रुपैयाँले घट्दै २ लाख ९६ हजार ५ सय रुपैयाँमा किनबेच भयो। यो साता समग्रमा यो साता सुनको मूल्यमा ४५ सय रुपैयाँले घटेको छ।



About Us
प्रतिक्रिया