काठमाडौं – एनएमबि बैंकले वैशाख १० गतेदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक शेयरधनी तिला देवी पाण्डेयको नाममा रहेको ६९ हजार ४२४ कित्ता शेयर बिक्रीमा राखेको हो।
बैंकले सो शेयर खरिदका लागि पहिलो प्राथमिकता बैंकका विद्यमान संस्थापक शेयरधनीलाई दिएको जनाएको छ। सो शेयर खरिद गर्न इच्छुक बैंकका शेयरधनीले सूचना प्रकाशित भएको मितिले (वैशाख १०) ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।
इच्छुकले कम्पनी सचिवको कार्यालय बबरमहलमा आवश्यक कागजात संकलन गरी आवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया