यूनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा भट्टराई नियुक्त


काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नारायण कुमार भट्टराई नियुक्त भएका छन्। कम्पनीको वैशाख १० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो पदमा भट्टराई नियुक्त भएका हुन्।

उनीसँग तत्कालिन गुराँस लाइफ इन्स्योरेन्सको सीईओ रुपमा काम गरिसकेको अनुभव रहेको छ।