काठमाडौं – चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सानिमा बैंकको नाफामा उल्लेख्य सुधार देखिएको छ। यस अवधिमा बैंकले २ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको १ अर्ब ६५ करोड रुपैयाँको तुलनामा ४२.२३ प्रतिशतले बढी हो।
बैंकको खुद ब्याज आम्दानी ४ अर्ब २८ करोड रुपैयाँबाट बढेर यस वर्ष ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन आम्दानी छ अर्ब चार करोडबाट बढेर सात अर्ब २७ करोड रुपैयाँ पुगेको छ।
समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड रुपैयाँ रहेको छ। वितरणयोग्य प्रतिशेयर आम्दानी १८.५७ रुपैयाँ कायम भएको छ। यस अवधिमा प्रतिशेयर आम्दानी २२ रुपैयाँ ९२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९.५५ रुपैयाँ पुगेको छ।
समीक्षा अवधिसम्म बैंकले २ खर्ब ३३ अर्ब ८६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ९० अर्ब ७७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म बैंकले २ खर्ब २३ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब ४४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।



About Us
प्रतिक्रिया