काठमाडौं – नेको इन्स्योरेन्स कम्पनीले शाखा घटाउने भएको छ । कम्पनीले विभिन्न स्थानमा रहेका शाखाहरुलाई एक आपसमा मर्ज गर्न लागेको हो । कम्पनीले शाखा र उपशाखा कार्यालयहरु एकआपसमा गाभिएर गाभिए पश्चात सञ्चालनमा रहेका शाखा कार्यालयहरुबाट सेवा प्रदान गर्ने बताएको छ ।
भैसेपाटी उपशाखा, पाटन उपशखा र कुपण्डोल शाखा मर्ज भएर कुपण्डोल शाखा कायम रहनेछन भने इनरुवा उपशाखा र इटहरी शाखा मर्ज भएर इटहरी शाखा र काकरभिट्टा उपशाखा र विर्तामोड शाखा मर्ज भएर विर्तामोड शाखा कायम हुनेछ । यस्तै, कौशलटार उपशाखा र पेप्सीकोला उपशाखा मर्ज भई पेप्सीकोला उपशाखाबाट सेवा प्रवाह गर्ने कम्पनीले जनाएको हो ।




About Us
प्रतिक्रिया