काठमाडौं – ललितपुर चापागाँउ एरियामा विगत लामो समयदेखि ललितपुर सम्धी ग्रुप तथा झयालुङ्टार ग्रुपका नाममा गुण्डागर्दी गर्ने १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
उनीहरूले रेस्टुरेन्टमा पैसा नर्तिर्ने गिटी तथा प्राकृतिक स्रोतमा दादागिरी गरी हप्तावारी तथा महिनाबारी खाने, खान खोज्ने, प्रहरी समेतलाई कर्तव्य निर्वाह गर्न अवरोध सिर्जना गरी हुल हुज्जत गरी टिम बनाई हिँड्ने र आतङ्क सृजना गरी गुण्डागर्दी गर्ने गरेका थिए।
जिल्ला प्रहरी परिसर ललितपुरले उनीहरूलाई नियन्त्रण लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



About Us
प्रतिक्रिया