काठमाडौं – नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा काठमाडौं महानगरपालिका, महानगर प्रहरी बलका नगर प्रहरी कर्मचारीहरूका लागि हलुका सवारी चालक उन्नत तालिम सुरु भएको छ।
सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले बुधवार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गरे। सो अवसरमा उनले प्रशिक्षार्थीहरूलाई नयाँ प्रविधिका सवारी साधनहरूको बारेमा ज्ञान तथा सिप दिलाई दक्ष एवम् कुशल चालकको रूपमा विकास गर्न तालिम उपयोगी हुने बताए।
कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्य अवधिको उक्त तालिममा १० जना नगर प्रहरीहरूको सहभागिता रहेको जानकारी दिए।



About Us
प्रतिक्रिया