काठमाडौं – एक वर्षको अवधिमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३४ कम्पनीको प्राथमिक निष्कासन (आईपीओ) तथा ऋणपत्र सूचीकृत भएका छन्। यस अवधिमा नेप्सेमा झन्डै ९३ करोड कित्ता बराबरको शेयर थपिएका हुन्।
नेप्से तथ्यांक अनुसार कात्तिक महिनामा सबैभन्दा बढी ७ कम्पनीको शेयर सूचीकृत भएको छ। त्यस्तै, चैतमा ६ कम्पनी, भदौमा ४, फागुनमा ४, वैशाखमा ३, असारमा ३ र साउनमा ३ कम्पनीको धितोपत्र सूचीकृत भएको छ।
त्यस्तै, जेठमा २ र मंसिरमा २ कम्पनीको मात्रै शेयर सूचीकृत भएको छ। असोज, पुस र माघमा भने कुनै पनि कम्पनीको शेयर सूचीकृत भएको छैन।




About Us
प्रतिक्रिया