बजार निरन्तर ओरालोः नेप्से परिसूचक १८ अंकले घट्दा कारोबार रकम ५ अर्बमा सिमित


काठमाडौं – आज साताको दोस्रो कारोबारको दिन मंगलबार पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.९१ अंकले घटेर बजार २८ सय ७ दशमलव ३१ को बिन्दुमा बन्द भएको छ। यससँगै ५ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएको छ।

आज ३४७ कम्पनीको १ करोड ३० लाख कित्ता शेयर किनबेच भएको छ। आज सबैभन्दा धेरै सोलु हाइड्रोपावरको शेयर कारोबार भएको छ। आज सो कम्पनीको ३७ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको हो। त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड १९ लाख, नेशनल हाइड्रोपारको २३ करोड ४१ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।  

आज सबैभन्दा बढी सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, पाल्पा सिमेन्ट इन्डष्ट्रिजका लगानीकर्ताले कमाएका छन्। आज यी दुई कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका हुन्। आज सबैभन्दा बढी दोल्ती पावर कम्पनीका लगानीकर्ताले गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले आज ८.७१ प्रतिशतका दरले गुमाएका हुन्।