सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र पाल्पा सिमेन्ट इन्डष्ट्रिजको शेयर मूल्यमा सकारात्मक सक्रिट


काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.९१ अंकले घट्दासमेत दुई कम्पनीको शेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। आज कारोबारमा आएका ३४७ कम्पनीहरुमध्ये सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र पाल्पा सिमेन्ट इन्डष्ट्रिजको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो। यी दुईमा सर्किट लागेसँगै यी कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन्।

१५ प्रतिशतले बढेसँगै सूर्यकुण्डको शेयर मूल्य प्रतिकित्ता १५ सय ६८ रुपैयाँ ६० पैसा कायम भएको छ। त्यस्तै, पाल्पा सिमेन्टको प्रतिकित्ता शेयरमूल्य ६ सय ३८ रुपैयाँ ८० पैसा कायम भएको छ।

यससँगै, शिखर पावर डेभलपमेन्टको शेयरमूल्य समेत १४.९९ प्रतिशतले बढेर प्रतिकित्ता ६ सय ५ रुपैयाँ १० पैसामा कायम भएको छ। त्यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य प्रतिकित्ता १४.८२ प्रतिशतले बढेर शेयरमूल्य २१ सय २३ रुपैयाँमा कायम भएको छ।