नेप्सेमा मिथिला लघुवित्तको बोनस शेयर सूचीकृत


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ। आज कम्पनीको ३ लाख १९ हजार १०४.७४ कित्ता बोनस शेयर सूचीकृत भएको हो।

कम्पनीले गत आर्थिक वर्ष सम्मको मुनाफाबाट शेयरधनीहरुलाई कुल १४.२५ प्रतिशत लाभांश वितरण गरेको थियो। सोही बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो। उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।