काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले ल्याएको नयाँ नीति ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ को नयाँ व्यवस्था आजबाट लागू भएसँगै ४ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत संशोधित विनियमावलीअनुसार सूचीकृत कम्पनीहरूको दैनिक मूल्य उतारचढाव सीमा १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याएसँगै सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक, होटेल फरेष्ट इन, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
यी चार कम्पनीहरूमध्ये सूर्य कुण्ड हाइड्रो इलेक्ट्रिक, होटेल फरेष्ट इनको शेयर मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै, पाल्पा सिमेन्ट, शिखर पावर डेभलपमेन्टको शेयर मूल्य १४.९९ प्रतिशत झापा इनर्जीको ११.८८ प्रतिशत र रिज लाइन इनर्जीको १०.९९ प्रतिशतले शेयर मूल्य बढेको छ।
यससँगै, डोल्ती पावर कम्पनीको शेयर मूल्य ५.३५ प्रतिशतले घटेको छ भने एनआइसी एशिया ग्रेथ फण्ड–२ को ५.०३ प्रतिशत, एशियन हाइड्रोपावरको ४.५० प्रतिशतले शेयर मूल्य घटेको छ।



About Us
प्रतिक्रिया