गत साता सामान्य अंकले बढेको नेप्से, यो साता के होला ?


काठमाडौं – गत साता शेयर बजार झिनो अंकले बढेर बन्द भएको छ। शेयर बजार मापक परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.६२ अंकले बढेसँगै अघिल्लो साताको तुलनामा गत साता कारोबार रकम समेत घटेको छ। गत साता ३५ अर्ब रुपैयाँ बढीको शेयर कारोबार भएको छ। 

गत साता ४ दिन शेयर कारोबार हुँदा २ दिन बजार बढ्दा २ दिन बजार घटेको थियो। साताको पहिलो कारोबारको दिन सोमबार नेप्से ४.१८ अंकले घट्यो, त्यस्तै बुधबार ३३.२७ अंकले बढ्दा बिहीबार भने ३३.८३ अंकले घट्यो। यस्तै, शुक्रबार ५.३६ अंकले बढेको छ। 

कारोबार कति ?
सोमबार ८ अर्ब, ६० करोड रुपैयाँ
बुधबारः १० अर्ब २८ करोड रुपैयाँ
बिहिबारः ९ अर्ब २० करोड रुपैयाँ 
शुक्रबारः ७ अर्ब ३९ करोड रुपैयाँ