गैरकानुनी कार्य गर्ने तीन सय बढी पक्राउ


काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले सार्वजनिक सुरक्षालाई मजबुद बनाउन पछिल्लो छ महिनामा विभिन्न गैरकानुनी कार्यमा संलग्न ३०९ जनालाई नियन्त्रणमा लिएको छ। आज आयोजित पत्रकार भेटमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवकुमार भट्टराईले पक्राउ परेकामध्ये ६१ जनाविरुद्ध मुद्दा दायर भएको जानकारी दिए।

सो अवधिमा काठमाडौं प्रहरीले विभिन्न सार्वजनिक कार्यालयमा सेवाग्राहीलाई दुःख दिने २१ बिचौलिया, सर्वसाधारणलाई दुःख हैरानी दिने १३६, यौनजन्य कार्य १२८ र गुण्डागर्दीमा संलग्न २४ जनालाई पक्राउ गरेको छ।

युगाण्डाबाट नेपालमा आई यौन व्यवसाय सञ्चालन गर्ने २० महिलालाई एक वर्षसम्म नेपाल आउन नपाउनेगरी अध्यागमन विभागबाट ‘डिपोर्ट’ गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए।