काठमाडौं – आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.३६ अंकले बढेसँगै ५ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। आज कारोबारमा आएका ३३५ कम्पनीहरूमध्ये सूर्य कुण्ड हाइड्रो इलेक्ट्रिक, होटेल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डष्ट्रिज, शिखर पावर डेभलपमेन्ट र रिज लाइन इनर्जीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका हुन्।
जसमा सूर्य कुण्ड हाइड्रो इलेक्ट्रिक, होटेल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डष्ट्रिज, शिखर पावर डेभलपमेन्टका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन्। त्यस्तै, रिज लाइन इनर्जीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्।
यससँगै आज एशियन हाइड्रोपावरका लगानीकर्ताले ४.५४ प्रतिशतका दरले गुमाएका छन्। त्यस्तै, सुपर खुदी हाइड्रोपावरले ४.४० प्रतिशत, इमर्जिङ्ग नेपालले ३.५९ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.३७ प्रतिशतका दरले गुमाएका छन्।



About Us
प्रतिक्रिया