एलआईसी नेपालमा रोजगारीको अवसर


काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी नेपाल) ले कर्मचारी माग गरेको छ । कम्पनीले कम्पनीले १० जना कर्मचारी माग गरेको हो।

उत्कृष्ट योग्यता भएका उम्मेदवारलाई भने असिस्टेन्ट म्यानेजर (जुनियर अफिसर) तहमा पनि नियुक्त गर्न सकिने कम्पनीले जनाएको छ। आवेदकले कुनै पनि विषयमा स्नातक उत्तीर्ण गरेको हुनु पर्नेछ भने स्नातकोत्तर गरेकालाई प्राथमिकता दिइने उल्लेख गरेको छ । यस्तै, जीवन बीमा, बीमा कम्पनी वा बैंक तथा वित्तीय संस्थामा कम्तीमा २ वर्षको मार्केटिङ अनुभव आवश्यक पर्ने कम्पनीले जनाएको छ।

उमेर हद आवेदन दिने मितिसम्म ३० देखि ३५ वर्ष ननाघेको हुनुपर्नेछ। छनोट भएका कर्मचारीलाई संस्थाको आवश्यकताअनुसार देशका विभिन्न स्थानमा खटाइने कम्पनीले जनाएकाे छ ।

योग्य तथा इच्छुक व्यक्तिले वैशाख १७ गतेभित्र आवेदन दिन सक्नेछन् ।