प्रि ओपन ससनमा करिब २ अंकले बढ्यो नेप्से


काठमाडौं – आज प्रि ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.९९ अंकले बढेर बन्द भएको छ। यस सेसनमा ३८ लाख ८७ हजार रुपैयाँको शेयर कारोबार भएको छ।

यससँगै कारोबारमा आएका ५६ कम्पनीको ६ हजार १०२ कित्ता शेयर किनबेच भएको छ। यससँगै, २१ कम्पनीको शेयर मूल्य बढेको छ भने २४ कम्पनीको शेयर मूल्य घट्दा ९ कम्पनीको शेयर मूल्य स्थिर देखिएको छ।