हिमालयन लाइफका नवनियुक्त अध्यक्ष बजाजले लिए पद तथा गोपनीयताको शपथ


काठमाडौं  नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सी.ए. नारायण बजाजलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा अध्यक्ष पौडेलले बजाजलाई शपथ गराएकी हुन्।

यसअघि प्राधिकरण अध्यक्ष पौडेलले २०८२ साल चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पनि पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

शपथ ग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको उपस्थिति रहेको थियो।