एनएबमी बैंकमा विदेशबाट पनि सहजै बैंक खाता खोल्न सकिने


काठमाडौं – एनएमबी बैंकले अनलाइनबाट नै पनि देश तथा विदेशबाट सहजै खाता खोल्न सकिने व्यवस्था गरेको छ । बैंकले देशमा वा विदेशबाट बैंक खाता खोल्न शाखा धाइरहनु नपर्ने व्यवस्था गरेको हो ।

बैंकले घरमै बसेर अनलाईन अकाउन्ट ओपनिङमार्फत बचत खाता खोल्न सकिने व्यवस्था गरेको हो । आधुनिक बैंकिङ्गलाई निरन्तरता दिँदै आएको बैंकले ग्राहहको सहजताका लागि यस्तो नीति लिएको हो ।