हिमालयन रि–इन्स्योरेन्सको कार्यालयसहित दीपक भट्ट र सुलभ अग्रवालको घरमा छापा 


काठमाडौं – सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले हिमालयन रि–इन्स्योरेन्सको कार्यालय, दीपक भट्ट र सुलभ अग्रवालको घर छापा मारेको छ। 

विभागका महानिर्देशक गजेन्द्र कुमार ठाकुरका अनुसार विभागले अनुसन्धानका क्रममा आवश्यक कागजात लिनका लागि छापा मारेको थियो।

विभागले नयाँ वर्ष २०८३ को पहिलो दिन अर्थात् वैशाख १ गते हिजो (मङ्गलवार) छापा मारेको उनले बताए। सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल हाल हिरासतमै रहेका छन्।