काठमाडौं – आज नेपाल स्टक एक्सचेन्जमा (नेप्से) ४.१८ अंकको गिरावट देखिदा समेत ५ कम्पनीका लगानीकर्ताले भने सर्वाधिक कमाएका छन्। आज सार्वाधिक कमाउने कम्पनीहरुमा खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इन्डष्ट्रिज, रिज लाईन इनर्जीका लगानीकर्ता रहेका छन्।
आज सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन र पाल्पा सिमेन्ट इन्डष्ट्रिजका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन्। त्यस्तै, रिज लाईन इनर्जीका लागनीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन्। यससँगै, शिखर पावर डेभलपमेन्टको ९.९८ प्रतिशत मेच्छियाम हाइड्रोपावर ९.०१ प्रतिशतका दरले कमाएका छन्।
यससँगै आज सबैभन्दा यूनिक लघुवित्तका लगानीकर्ता गुमाएका छन्। आज यस कम्पनीका लगानीकर्ताले ३.६० प्रतिशतले गुमाएका हुन्। त्यस्तै, अभियान लघुवित्तको २.९७ प्रतिशत, सान्र्भी इनर्जीको २.९६ प्रतिशत, माई खोला हाइड्रोपावरको २.८४ प्रतिशत र मेगा म्यूचुअल फण्ड–१ का लगानीकर्ताले २.७९ प्रतिशतका दरले गुमाएका छन्।
साथै, आज कारोबारमा आएका ३४२ कम्पनीमध्ये सबैभन्दा बढी नेशनलन हाइड्रोपावरको शेयर कारोबार भएका छ। आज यस कम्पनीको ९३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, रिडि पावरको ४९ करोड १९ लाख रुपैयाँ, रिलायन्स स्पिनिङ मिल्सको ४५ करोड ४४ लाख रुपैयाँ त्यस्तै, आँखु खोला जलविद्युतको ३८ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।



About Us
प्रतिक्रिया