३५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, बोलपत्र पेश गर्न आह्वान


काठमाडौं – नेपाल राष्ट्र बैंकले आज ३५ अर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले आज ५६ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो ।

ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा रु. १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागी बोलपत्र पेश गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।

निक्षेप संकलनको लागि आह्वान गरिएकोरकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेकोरकमसम्म क्रमशः बाँडफाँड गरिनेछ ।